राजनीति

ओली समर्थक कार्यकर्ताद्वारा सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

ओली समर्थक कार्यकर्ताद्वारा सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

चितवन: नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का ओली समर्थक कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्। शनिबार बिहान नेकपा चितवन राप्ती नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका हुन्।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५÷२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गरेका हुन्।

उनीहरुले गुटको भेला गर्न पाइँदैन, पार्टी एकता जिन्दाबाद, राजनेता केपी ओली जिन्दाबाद भन्दै नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए।

नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले कार्यक्रममा कमिटीभन्दा बाहिरका केही मान्छे प्रवेश गरी हो–हल्ला गरेको र त्यसपछि कार्यक्रम स्थगित गरिएको बताए।

‘नगर कमिटीको बैठक तथा प्रशिक्षण कायक्रम थियो, कार्यक्रममा नगरकमिटीका सबै सहभागी हुनुहुन्थ्यो’,  स्याङ्बोले भने’, ‘कार्यक्रममा माननीय सुुरेन्द्र पाण्डेले बोलीरहेका समयमा कमिटीभन्दा बाहिरका १५÷२० जनाको समूह प्रवेश गरेर हो–हल्ला गर्न थालेपछि कार्यक्रम स्थागित गरियो’

उनले आफूहरुले गुटको भेला नभई पार्टी कमिटीको बैठक तथा प्रशिक्षण गरेको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओली निकट स्थानीय नेताहरु पनि सहभागी रहेको जानकारी दिए।

उनले प्रशिक्षण कार्यक्रम जबर्जस्ती प्रवेश गरेकाहरुलाई आफूहरुले सम्झाउने प्रयास गरेको भए पनि उनहरुले हो–हल्ला गर्न नछाडेको र अराजक रुपमा प्रस्तुत भएको जानकारी दिए।

‘पाण्डेजीले बोल्दै हुनुहुन्थ्यो, साथीहरु निकै अराजक रुपमा प्रस्तुत हुनुभयो’, उनले भने।