मनोरञ्जन

बलिउड ड्रग्स प्रकरण: भारती सिंहको घरमा एनसीबीको छापा

बलिउड ड्रग्स प्रकरण: भारती सिंहको घरमा एनसीबीको छापा

मुम्बई:  चर्चित भारतिय कमेडियन भारती सिंहको घरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा मारेको छ। भारती र उनका श्रीमान् हर्ष लिंवाचियामाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ। एनसीबीले उनीहरुलाई साेधपुछका लागि समेत बोलाएको छ।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो। अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि एनसीबीले लागुऔषध प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, रकूलप्रीत सिंह र सारा अलि खानसँग सोधपुछ गरिसकेको छ।

केही दिनअघि मात्रै एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथ सोधपुछसमेत गरेको थियो।