स्वास्थ्य

दाङकाे तुलसीपुरमा पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

दाङकाे तुलसीपुरमा पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ: दाङकाे तुलसीपुरमा आज पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्य थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीलेे जानकारी दिए ।

संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३ जना, वडा नं. ६ का ४ जना, वडा नं. १२ का एक जना, वडा नं. १५ का एक जना, वडा नं. १७ का दुई जना, वडा नं. १८ का एक जना र वडा नं. १९ का एक जना रहेका छन् भने फलोअपमा वडा नं. ७ का एक जना, वडा नं. ६ का एक जना र वडा नं. १४ का एक जना रहेका छन् । 

योसँगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या २ सय १४ पुगेको छ भने शनिबार सात जनाले कोरोनालाई जिते संगै कोरोना मुक्त हुनेको संख्या ४ सय ७८ जना पुगेको छ । साथै २ सय ७ जना होम आइसोलेसनमा छन् भने ७ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत छन् ।