समाज

तीव्र गतिमा बढ्दै चिसो, देशका तीन ठाउँकाे तापक्रम माइनसमा

तीव्र गतिमा बढ्दै चिसो, देशका तीन ठाउँकाे तापक्रम माइनसमा

काठमाडाैं:  देशभर दिनप्रतिदिन तीव्र गतिमा चिसो बढ्दै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आफ्नो मापनकेन्द्र रहेका तीन स्थानमा तापक्रम शून्यभन्दा तल झरेको छ।

महाशाखाको रेकर्डअनुसार शुक्रबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री सेल्सियस छ। यस्तै मुस्ताङको जोमसोम र दोलखाको जिरीमा पनि न्यूनतम तापक्रम माइनस ०.५ डिग्री सेल्सियसमा झरेको छ।

यसैगरी काठमाडौं उपत्यकाको तापक्रम पनि बिहीबारको तुलनामा शुक्रबार घटेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको हो। यसअघि दुईरतीन दिनदेखि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री थियो।

आजको अपडेट तापक्रम आउन बाँकी छ। महाशाखाले आज 'शनिबार' बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

लेखिएको छ स् देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।