अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा ट्रम्प जूनियरलाई कोरोना संक्रमण 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा ट्रम्प जूनियरलाई कोरोना संक्रमण 

एजेन्सी, ६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा डोनाल्ड ट्रम्प जूनियरलाई पनि कोारेना संक्रमण पुष्टि भएको छ । ४२ वर्षीय ट्रम्प यसै साताको सुरूमा संक्रमित भएका थिए । उनको कोरोना परीक्षणको नतीजा पोजेटिभ आएपछि उनी आफ्नो केबिनमै क्वारेन्टाइनमा बसेका छन् ।

उनका प्रवक्ताद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उनीहरूले अहिलेसम्म कुनै पनि संकेत देखाइएको छैन । उनीहरूले कोभिड प्रोटोकलको सबै नियमहरू पालना गरिरहेका छन् ।’

तर, ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएतापनि उनकी पार्टनर किम्बर्ली गिलफोइललाई संक्रमण भएको छ कि छैन भनेर अझै थाहा नभएको बताइएको छ । यसअघि फक्स न्यूजको एङ्करसमेत रहेकी गिल्फोइल जुलाईमा संक्रमित भएकी थिइन् । 

तर, उनी पूर्ण रूपमा पुनः निको भएकी थिइन् । त्यस समयमा ट्रम्प जूनियरलाई भने संक्रमण भएको थिएन । शुक्रवार मात्रै राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्यू जुलियानीले पनि उनको संक्रमणको बारेमा बताएका थिए । जुलियानी ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीको छोरा हुन् ।

बीबीसी न्युजका साथी सीबीएस न्यूजका अनुसार ह्वाइट हाउसका कम्तीमा चार जना थप सहयोगी कोरोना संक्रमित फेला परेका छन् । सोही महिनामा व्हाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोज र अन्य धेरै सहायकहरु कोरोना संक्रमित भएका छन् । 

त्यसोत अक्टोबरको पहिलो हप्तामा संक्रमित भएपछि राष्ट्रपति ट्रम्प तीन दिनसम्म अस्पतालमा थिए ।