अन्तर्राष्ट्रिय

विश्वभर संक्रमितको संख्या ५ करोड ७९ लाख नाघ्यो, ४ करोड १ लाख बढी निको भए

विश्वभर संक्रमितको संख्या ५ करोड ७९ लाख नाघ्यो, ४ करोड १ लाख बढी निको भए

काठमाडौं, ६ मंसिर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ७९ लाख नाघेको छ । वल्र्डोेमिटर्सका अनुसार शनिबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ५ करोड ७९ लाख ०२ हजार ४८९ पुगेको हो ।

त्यस्तै, हालसम्म विश्वमा १३ लाख ७७ हजार ५३९ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४ करोड ०१ लाख ०३ हजार ३५८ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा १ करोड ६४ लाख २१ हजार ५९२ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ४ करोड १४ लाख ८० हजार ८९७ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या १ करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ । जसमध्ये २ लाख ६० हजार २८३ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ७३ लाख १६ हजार ३२३ संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या ९० लाख ५० हजार ६१३ पुुगेको छ । यसैबीच १ लाख ३२ हजार ७६४ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ८४ लाख ७५ हजार ८९७ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ६० लाख २० हजार १६४ पुगेको छ । यसैबीच १ लाख ६८ हजार ६६२ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ५४ लाख २२ हजार १०२ संक्रमितहरु निको भइसकेका छन् । 

चौथो बढी प्रभावित देश फ्रान्स हो, जहाँ संक्रमितको संख्या २१ लाख ०९ हजार १७० पुगेको छ । जसमध्ये ४८ हजार २६५ संक्रमितको मृत्यु भइसकेको छ, भने १ लाख ४९ हजार ५२१ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार ६६५ पुगेको छ । जसमध्ये १ हजार २ सय ९८ संक्रमितको मृत्यु भइसकेको छ, भने १ लाख ९१ हजार २ संक्रमितहरु निको भइसकेका छन् ।