स्वास्थ्य

आज काेराेना संक्रमणबाट थप २२ जनाकाे मृत्यु, मृतककाे संख्या १२ सय ९८ पुग्याे

आज काेराेना संक्रमणबाट थप २२ जनाकाे मृत्यु, मृतककाे संख्या १२ सय ९८ पुग्याे

काठमाडौं:   कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको मृत्यु भएको छ । थप २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।

नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन्। 

साथै गत २४ घण्टामा पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ९१ हजार २ जना रहेका छन्।