राजनीति

बिष्णु पौडेल र ईश्वर पोखरेलसँग धुम्बाराहीमा छलफल गर्दै प्रचण्ड

बिष्णु पौडेल र ईश्वर पोखरेलसँग धुम्बाराहीमा छलफल गर्दै प्रचण्ड

काठमाडाैं: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच पार्टी कार्यालयमा छलफल भएको छ।

नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच तीब्र विवाद तथा शक्ति संघर्ष चलिरहेका बेला तीन नेताबीच शुक्रबार दिउँसाे भेटवार्ता भएको हो।

कात्तिक २८ गतेकाे पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावबाट आक्रोशित भएका प्रधानमन्त्री ओलीले त्यसको जवाफस्वरुप मंसिर १३ गते बस्ने बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याउने बताएपछि नेकपाभित्रको राजनीति तनावपूर्ण बनेको छ।

नेताहरुले प्रचण्डसँग भेट गर्न आग्रह गरेपछि पार्टी कार्यालयमा छलफल राखिएको स्रोतले बतायो। नेकपाको नौ सदस्यीय सचिवालयमा पाँचजना नेता प्रचण्डको नेतृत्वमा एकजुट हुँदा उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिवल पौडेलले ओलीलाई साथ दिइरहेका छन्।