आर्थिक

अब भाइबर, फेसबुक तथा ई-एपबाट एनएमबि बैंकमा खाता खोल्न सकिने

अब भाइबर, फेसबुक तथा ई-एपबाट एनएमबि बैंकमा खाता खोल्न सकिने

काठमाडौं: एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई-एप मार्फत पनि खातारमुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि बैंकले उक्त सेवा ल्याएको हो ।

यससँगै ग्राहकले २४ अ‍ै घण्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबीको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रूपैयाँसम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकले पहिलो पटकको कारोबारमा ई-एनएमबी एपको माध्यमबाट ५ सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, सोहि बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महशुस गर्न २४ अ‍ै घण्टा बचत खातारमुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

हालको परिप्रेक्ष्यमा यो सेवा मार्फत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना रहेको बैंकले जनाएको छ ।