आर्थिक

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्याे ताेलाकाे ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौं: नेपाली बजारमा शुक्रवार सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनकाे मूल्य प्रतिताेला ४ सय रूपैयाँले घटेकाे हाे ।

बिहीबार ९४ हजार ४ सयमा काराेबार भएकाे छापावाल सुनकाे मूल्य आज ताेलाकाे  ९४ हजार रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै बिहीबार ९३ हजार ९०० रुपैयाँमा काराेबार भएकाे तेजावी सुनकाे मूल्य आज ताेलाकाे ९३ हजार ५ सय रुपैयाँ ताेकीएकाे छ।

बिहीवारको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।