अन्तर्राष्ट्रिय

दिल्लीमा मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार जरिवाना

दिल्लीमा मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार जरिवाना

नयाँ दिल्ली: भारतकाे केन्द्रीय राजधानी  नयाँदिल्लीमा मास्क अनिवार्य गरिएकाे छ । मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइनेदिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले चेतावनी दिएका छन् ।

मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाइएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगउने गरेका छैनन् ।

कोरोनाभाइरसको महामारीको अवस्थाबारे समीक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि ख्यमन्त्री केजरीवालले थप कडाइ गर्न लागिएको जानकारी दिए । बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सबै पार्टीहरु सहमत भएको बताए ।