आर्थिक

ताेलामा ७ सयले घट्याे सुनकाे मूल्य, कति छ आज ?

ताेलामा ७ सयले घट्याे सुनकाे मूल्य, कति छ आज ?

काठमाडौं: नेपाली बजारमा आज विहीबार पनि सुनको मूल्यमा गिरावट आएकाे छ ।  आज सुनकाे मूल्य प्रतिताेला ७ सय रूपैयाँले घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज ९४ हजार ४०० रुपैयाँ तोकिएको छ। हिजो नेपाली बजारमा छापावाल सुनको भाउ ९५ हजार एक सय रुपैयाँ कायम थियो।

यस्तै आजका लागि तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।हिजो तेजाबी सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ कायम थियो।

हिजो प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने घटेको छ। आज प्रतितोला चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँ तोकिएको छ।