प्रविधि

प्रधानमन्त्री निवास बालुवाटारमै हेलिप्याड निर्माण, अब उडेरै एयरपाेर्ट जाने

प्रधानमन्त्री निवास बालुवाटारमै हेलिप्याड निर्माण, अब उडेरै एयरपाेर्ट जाने

काठमाडौं:  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ। नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार हेलिप्याड निर्माण भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

बालुवाटारमा निर्माण भएको हेलीप्याडले अब बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने उनले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको पनि थापाले बताए। उनका अनुसार साँझ निवास फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो।

‘अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन’, थापाले फेसबुकमा लेखेका छन्।