समाज

सप्तरीको बरमझियामा कारको ठक्करबाट वृद्धको मृत्यु

सप्तरीको बरमझियामा कारको ठक्करबाट वृद्धको मृत्यु

राजिवराज, १२ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिँहले जानकारी दिए ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 

ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।