समाज

लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा थप दुई संक्रमितको मृत्यु

लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा थप दुई संक्रमितको मृत्यु

बुटवल (रुपन्देही), १२ कात्तिक । लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि ७४ वर्षीय पुरुषलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

त्यस्तै, पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।