खेल

आईपीएल : सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो

आईपीएल : सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो

एजेन्सी, १२ कात्तिक । आईपीएलको १३ औं सिजनको ४७ औं खेल सनराइजर्स हैदराबाद (एसआरएच)ले जितेको छ । सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्स (डीसी)को टिमलाई ८८ रनले मात दिएको हो । 

२२० रनको विशाल लक्ष्यको अगाडि दिल्ली क्यापिटल्सको टिम १९ ओभरमा १३१ रनमा सीमित बन्यो । यो उसको लगातार तेस्रो हार हो । ऋद्धिमान साहा (८७ रन) र डेविड वार्नर (६६)को जोडदार पारी र राशिद खानको स्पिन (४–०–७–३)को अगाडि दिल्लीको टिम पराजित बन्यो । 

ऋद्धिमान साहा म्यान अफ द म्याच बने । सनराइजर्स हैदराबादको यो पाँचौं जित हो । हैदराबाद १२ खेलमा १० अंकको साथमा छैटौं स्थानमा आएको छ । उसको प्ले अफको आशा अझैं पनि जिन्दा रहेको छ ।

यता दिल्ली क्यापिटल्सको यो पाँचौं हार हो । १२ खेलमा १४ अंकको साथमा तेस्रो स्थानमा झरेको छ । नेट रन रेटको आधारमा १४÷१४ अंकको साथमा मुम्बई इन्डियन्स पहिलो स्थानमा रहेको छ, भने दोस्रो स्थानमा रोयल च्यालेञ्जर्स बैंगलोर रहेको छ ।