खेल

अग्नि परीक्षामै सन्दीप लामिछाने, दिल्ली र हैदराबाद भिड्दै आज

अग्नि परीक्षामै सन्दीप लामिछाने, दिल्ली र हैदराबाद भिड्दै आज

काठमाडौं: नेपाली स्पीन बलर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच मंगलबार भिडन्त हुँदैछ । इन्डियन प्रिमियर लिग 'आईपीएल' को १३ औं संस्करण अन्तर्गत युएईमा जारी प्रतियोगिताको ४७ औं खेलमा मंगलबार दिल्ली र हैदराबाद भिड्न लागेका हुन् ।

जितले दिल्ली प्लेअफमा पुग्नेछ । हारले हैदराबाद प्लेअफ होडको झिनो सम्भावनाबाट पनि बाहिरिने छ ।  दुवै टिमबीच अहिलेसम्म १६ पटक भएको हेड टु हेडमा हैदराबाद १० पटक र दिल्ली ६ पटक विजयी भएको छ । दुई खेलअघिसम्म निकै सशक्त देखिएको दिल्लीले पछिल्ला दुई खेल हारेको छ । दिल्ली दवावमा छ । 

दिल्ली ११ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ । यो खेल हारे पनि दिल्लीको प्लेअफ सम्भावना जिवितै छ । उसलाई एक खेल जिते पुग्छ । 

तर यो खेल जित्दा प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । हैदराबादका लागि यो खेल गर या मरको हुनेछ । ११ खेलबाट मात्र ८ अंकको हैदराबाद सातौं स्थानमा छ । यो खेल हार्दा हैदराबाद प्लेअफबाट बाहिरिने छ । 

यो खेल दिल्लीका लागि अहम् मानिएको छ । त्यसैले पनि दिल्लीले यो खेलमा समेत सन्दीपलाई खेलाउने सम्भावना कम छ । सन्दीपले अहिलेसम्म खेल्न पाएका छैनन् । 

सन्दीपले विजया दशमीको शुभकामना दिँदै समेत आफू टाढा भए पनि मन त नेपालमै भएको भन्दै भाबुक शुभकामना सन्देश जारी गरेका थिए ।