खेल

आईपीएल : किंग्स इलेभेन पञ्जावद्वारा ८ विकेटले कोलकाता नाइट राइडर्स पराजित

आईपीएल : किंग्स इलेभेन पञ्जावद्वारा ८ विकेटले कोलकाता नाइट राइडर्स पराजित

काठमाडौं, ११ कात्तिक । आईपीएलको १३ औं सिजनको ४६ औं खेल किंग्स इलेभेन पञ्जावले बाजी मारेको छ । सोमबार राति शारजाहमा भएको खेलमा किंग्स इलेभेन पञ्जावले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । 

पञ्जावले १८.५ ओभरमा २ विकेट गुमाएर १५० रन बनायो र जितको लक्ष्य हाँसिल ग-यो । यो पञ्जावको लगातार पाँचौं जित हो । दोस्रो विकेटका लागि क्रिस गेल (५१ रन, २९ बल, २ चौका, ५ छक्का) र मन्दीप सिंहको जोडीले १०० रनको साझेदारी गरेर पञ्जावलाई शानका साथ टप चारमा पु-याए ।

मन्दीप ५६ बलमा ६६ रन (८ चौका, २ छक्का) बनाएर नटआउट रहे । किंग्स इलेभेन पञ्जावको टिमले छैटौं जितको साथमा १२ अंक आफ्नो नाममा गरिसकेको छ । अंक तालिकामा चौथौ स्थानमा पुगेको छ ।

कोलकाताको टिम पाँचौं स्थानमा झरेको छ । यी दुवैको यो १२ औं खेल हो । अब पञ्जाव र कोलकाता दुवैले २÷२ खेल खेल्नेछन् ।