स्वास्थ्य

कोरोनाबाट आज थप ५ जनाको मृत्यु, मृतककाे संख्या ८ सय ४७ पुग्याे

कोरोनाबाट आज थप ५ जनाको मृत्यु, मृतककाे संख्या ८ सय ४७ पुग्याे

काठमाडौं: कोरोना संक्रमणबाट नेपालमा आज थप ५ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

यस्तै आज देशभर कुल ३ हजार ६ सय ३७ काेराेना संक्रमित थपिएका छन् भने ३ हजार २ सय १५  जना कोरोना संक्रमण मुक्त भएका छन्