स्वास्थ्य

शुक्रबार काठमाडाैं उपत्यकामा कहाँ कति संक्रमित थपिए ?

शुक्रबार काठमाडाैं उपत्यकामा कहाँ कति संक्रमित थपिए ?

काठमाडौं:  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।

बिहिबार उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।