अन्तर्राष्ट्रिय

भारत बायोटेकको कोरोना खोपले तेस्रो चरणको परीक्षणका लागि पायो अनुमति !

भारत बायोटेकको कोरोना खोपले तेस्रो चरणको परीक्षणका लागि पायो अनुमति !

नयाँ दिल्ली, ७ कात्तिक । ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले भारत बायोटेकको खोप परीक्षणको तेस्रो चरणलाई अनुमोदन गरेको छ । भारत बायोटेक दुई क्यानिडडेट्समध्ये एक हो जुन स्वादेशी हो । 

भारत बायोटेकले पहिलो र दोस्रो फेजको परीक्षणहरूको लागि डेटा साथ एनिमल चुनौती डेटा प्रस्तुत गरेको थियो । सबै डाटा छलफलपछि तेस्रो चरणको ट्रायलको लागि अनुमोदन गरिएको हो ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)को सहयोगमा भारतले स्वदेशी बायोटेक ‘कोभाक्सिन’ भ्याक्सिन स्वदेशी रूपमा विकास गरिरहेको छ ।

हैदराबादस्थित खोप निर्माताले दुई अक्टोवरमा डीसीजीआईलाई तेस्रो चरणको परीक्षणको अनुमति माग्दै आवेदन दिएको थियो । उक्त आवेदनमा कम्पनीले भनेको छ कि, ‘यस अध्ययनमा १८ वर्ष वा त्यो भन्दा बढी उमेरका २८,५०० जनालाई सामेल गरिनेछ । यो परीक्षण १० राज्यको १९ स्थानमा गरिनेछ । उक्त राज्यहरु दिल्ली, मुम्बई, पटना, लखनाउलगायत छन् ।

अक्टुबर ५ मा कम्पनीको आवेदनमाथि केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)को विशेषज्ञ समिति (एसईसीएस)द्वारा छलफल गरिएको थियो । समितिले विस्तृत छलफलपछि उक्त अध्ययनको तेस्रो चरणको डिजाइन सिद्धान्त सन्तोषजनक रहेको बताएको थियो ।

त्यसपछि समितिले अध्ययनको दोस्रो चरणको सुरक्षा र प्रतिरक्षा डेटामा आधारित उपयुक्त डोज पहिचान गरी तेस्रो चरणको अध्ययन सुरु गर्न सिफारिस गरेको बताइएको छ ।