खेल

आईपीएल : सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित ग-यो

आईपीएल : सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित ग-यो

एजेन्सी, ७ कात्तिक । आईपीएलको १३ औं सिजनको ४० औं खेल सनराइजर्स हैदराबाद (एसआरएच)ले जितेको छ । विहीबार राति दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्स (आरआर)लाई ८ विकेटले पराजित गरेको हो । 

हैदराबादले १८.१ ऋोभरमा १५६/२ रन बनाएर जितको लक्ष्य (१५५ रन) हाँसिल गरेको हो । सनराइजर्सको जितको हिरो मनिष पाण्डे बने, जसले नटआउट ८३ रन (४७ बल, ८ छक्का, ४ चौका)को उत्कृष्ट पारी खेले । 

उनका साथ विजय शंकरले निभाएका छन्, जसले नटआउट ५२ रन बनाए । तेस्रो विकेटका लागि उनीहरु दुवैले १४० रनको अटुट साझेदारी गरे । हैदराबादले लगातार तीन हारपछि म्याच जितेको हो । यो जितसँगै हैदराबादको टिम १० म्याचमा ८ अंकको साथमा उत्कृष्ट नेट रन रेटको आधारमा ५ औं स्थानमा आएको छ ।

त्यस्तै, यो जितसँगै हैदराबादको प्ले अफको आशा राखेको छ । यस सिजनको पहिलो म्याच राजस्थान रोयल्सले हैदराबादलाई मात दिएको थियो । अहिले हैदराबादले सो हारको बदला लिएको छ । जारी आईपीएलमा लक्ष्यलाई पछ्याएको सनराइजर्स हैदराबादको यो पहिलो जित हो । 

अर्कोतर्फ राजस्थान रोयल्सको यो ७ औं हार हो । राजस्थान ११ म्याचमा ८ अंकको साथमा ७ औं स्थानमा झरेको छ । उनको प्ले अफको आशा मुस्किल बनेको छ ।