खेल

रोयल च्यालेञ्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित ग-यो

रोयल च्यालेञ्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित ग-यो

एजेन्सी, ६ कात्तिक । आईपीएलको १३ औं सिजनको ३९ औं खेल रोयल च्यालेञ्जर्स बेंगलोरले जितेको छ । बुधबार राति अबुधाबीमा भएको खेलमा बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।

रोयल च्यालेञ्जर्स बेंगलोरले १३.३ ओभरमा ८५/२ रन बनाएर जितको सामान्य लक्ष्यलाई हाँसिल गरेको हो । आरसीबीको जितको हिरो स्विंग बलर मोहम्मद सिराज (४–२–८–३) ले कोलकाताको कम्मर तोडे । अब बेंगलोरलाई प्ले अफको लागि केवल एक जितको आवश्यक रहेको छ ।

रोयल च्यालेञ्जर्स बेंगलोरको यो सातौं जित हो । उसले १० खेलमा १४ अंक हाँसिल गरेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दिल्ली क्यापिटल्सको टिमसँग पनि १४ अंक नै रहेको छ, तर उत्कृष्ट नेट रनको आधार डीसी टपमा रहेको छ । मुम्बई इन्डियन्स १२ अंकको साथमा तेस्रो स्थानमा रहेको छ । 

८५ रनको झिनो लक्ष्यलाई पछ्याएको बेंगलोरको टिमले पहिलो विकेट ४६ स्कोरमा हरायो । एरान फिंच (१६)लाई लोकी फग्र्यूसनले आफ्नो शिकार बनाए । दिनेश कार्तिकले विकेट पछाडि क्याच गरे । 

सोही स्कोरमा देवदत्त पडिक्कल (२५) रनमा आउट भए । त्यसपछि कप्तान विराट कोहली (नटआउट १८) र गुरकीरत सिंह मान (नटआउट २१)ले टिमलाई जितसम्म पु¥यायो ।