आर्थिक

बढ्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

बढ्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं:  नेपाली बजारमा आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज  सुनकाे भाउ ताेलामा  ८ सय रुपैयाँले बढेकाे छ ।

८ सय रुपैयाँ बढेर छापावाल सुनकाे मूल्य आज प्रतिताेला  ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुन आज  प्रतिताेला ९५ हजार रूपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।