स्वास्थ्य

कोरोना पुष्टि भएपछि पनि घरमै बसिरहेका धनगढीका दुई संक्रमितकाे मृत्यु

कोरोना पुष्टि भएपछि पनि घरमै बसिरहेका धनगढीका दुई संक्रमितकाे मृत्यु

धनगढी :  काेराेना संक्रमणबाट धनगढीमा हाेम आइसोलेसनमा बसिरहेका दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि पनि घरमै आइसोलेसनमा बसिरहेका उनीहरुकाे मृत्यु भएको हाे।

धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी २ का ६८ वर्षीय पुरुषमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमै बसिरहेका थिए। उनको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।

उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो। अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।