खेल

आईपीएल २०२० : किंग्स इलेभेन पञ्जावद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

आईपीएल २०२० : किंग्स इलेभेन पञ्जावद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

एजेन्सी, ५ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ३८ औं खेल किंग्स इलेभेन पञ्जाव (केएक्सआईपी)ले बाजी मारेको छ । पञ्जावले मंगलबार राति दुबईमा भएको उक्त खेलमा हालको सिजनमा सब भन्दा बलियो टीम दिल्ली क्यापिटल्स (डीसी)लाई ५ विकेटले मात दिएको हो । 

पञ्जावको टिमले १९ ओभरमा १६७÷५ रन बनाएर जितको लक्ष्य हाँसिल गरेको हो । यो पञ्जावको जितको ह्याट्रिक रह्यो । पञ्जावको जितमा क्रिस गेल (२९ रन १३ बल, २ छक्का, ३ चौका)को छोटो तर धमकेदार पारी विशेष रह्यो । 

त्यस्तै, निकोलस पुरनको अर्धसतकीय (५३ रन, २८ बल, ३ छक्का र ६ चौका) पारीले किंग्स इलेभेन पञ्जावलाई जितको शिखरमा पु¥यायो । पञ्जावले लगातार तेस्रो जित र कुल चौथो जितको साथमा १० खेलमा ८ अंक हाँसिल गरेको छ । 

अंक तालिकामा ५ औं स्थानमा आएको छ । उसको प्लेअफको आशा अझैं पनि जिन्दा छ । दिल्ली क्यापिटल्सको यो १० औं खेलमा तेस्रो हार हो । १४ अंकको साथमा दिल्ली शीर्ष स्थानमा कामय भएको छ । अब दिल्लीले आफ्नो प्लेअफको लागि सिर्फ एक खेल जित्नुपर्नेछ ।