राजनीति

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार उनको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले उनमा लक्षण देखिएपछि परीक्षण गरिएको र उनलाई सामान्य ज्वरो र खोकी लागेको छ जानकारी दिएका छन् । उनी हाल मन्त्री क्वार्टरमै आइसोलेसनमा बसेको बताईएको छ ।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसअघि कोरोना संक्रमण पुष्टि हुने मन्त्रीहरुमा पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल रहेका छन् ।