खेल

प्रिमियर लिगः एभर्टन र लिभरपुलले बराबरी खेल्दै अंक बाँडे

प्रिमियर लिगः एभर्टन र लिभरपुलले बराबरी खेल्दै अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् ।

भर्खरै एभर्टनको होममा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको तेस्रो मिनेटमा नै लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा एभर्टनका माइकल किनले गोल गर्दै खेल बराबरीमा ल्याए । यता खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे ।

तर उनको गोलले धेरैबेर अग्रता लिन सकेन । ८१ औं मिनेटमा उच्च फर्ममा रहेका एभर्टनका डोमिनिच काल्भर्ट लेविनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । 

बराबरीसँगै एभर्टनले अपराजित यात्रा कायमै राखेको छ भने ५ खेलमा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लिभरपुलको समान खेलबाट १० अंक रहँदा तालिकाको दोस्रो स्थानमा रहेको छ ।