खेल

डिभिलीयर्सको सानदार पारीसँगै बैंगलोरले राजस्थानलाई हरायो

डिभिलीयर्सको सानदार पारीसँगै बैंगलोरले राजस्थानलाई हरायो

काठमाडौँ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले  राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य पछाएको बैंगलोरले १९.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

बैंगलोरका लागि एबी डिभिलीयर्सले २२ बलमा ५५ रन बनाउँदै आरसीबीलाई जित दिलाएका हुन् ।

त्यस्तै गुर्कीरात सिंह मनले अविजित १९ रन बनाए भने कप्तान विराट कोहलीले ४३ रन बनाउँदै आउट भए । त्यस्तै देवदत्त पाडिकलले ३५ र एरोन फिन्चले १४ रन बनाए ।

राजस्थानका बलर श्रेयस गोपाल, कार्तिक त्यागि र राहुल तेबाटियाले एक  विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ३६ बलमा ५७ रन बनाए भने रोबिन उथप्पाले ४१ रन बनाएका थिए । त्यस्तै जोस बटलरले २४ रन बनाए भने बेन स्टोकले १५, राहुल तेबतियाले अविजित १९ रन बनाएका थिए भने  सन्जु सामसनले ९ रन र जोफ्रा आर्चरले २ रन बनाएका थिए ।

यता बैंगलोरका बलर क्रिस मोरिसले ३ विकेट लिए भने युजवेन्द्र चहलले २ विकेट लिएका थिए ।

यो जितसँगै बैंगलोरले ९ खेलमा छैठौ जित निकाल्दै १२ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । 

 आजको हारपछि राजस्थानले ९ खेलमा ६ खेल हारेको छ भने अहिलेसम्म ३ खेल जित्दा ६ अंकसहित सातौं स्थानमा छ ।