स्वास्थ्य

काठमाडाैं उपत्यकामा आज कहाँ कति संक्रमित थपिए ?

काठमाडाैं उपत्यकामा आज कहाँ कति संक्रमित थपिए ?

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४६ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ गरी जम्मा १ हजार ७ सय ४६ जना संक्रमित थपिएका छन् ।

यसअघि शुक्रबार (हिजो) काठमाडौंमा ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।