समाज

यस वर्ष दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने

यस वर्ष दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं: पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलाउने भएका छन् । कोरोना भाइरस 'कोभिड १९'को महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण पूर्व राजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

यसअघि उनले हरेक वर्ष विजया दशमीका दिन सर्वसाधारण तथा आफ्ना शुभचिन्तकहरुलाई टीका लगाउँदै आएका थिए ।

शाहले हरेक वर्षको दशैंका बेला महाअष्टमीको दिन विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस वर्षको दशैंमा महाअष्टमीको दिन उनी कुनै मन्दिरमा दर्शनका लागि जाने छैनन् ।

पूर्वराजा शाहको सचिवालयले एक सूचना जारी गर्दै आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै शान्त, शालीनता र सागदीका रुपमा दशैं मनाउने उल्लेख गरेको छ ।