अन्तर्राष्ट्रिय

भारतको फिरोजाबादमा गोली हानी बीजेपी नेता डीके गुप्ताको हत्या

भारतको फिरोजाबादमा गोली हानी बीजेपी नेता डीके गुप्ताको हत्या

फिरोजाबाद (भारत), १ कात्तिक । भारतको उत्तर प्रदेशको फिरोजाबाद जिल्लामा भारतीय जनता पार्टी (बीजेपी) नेता डीके गुप्ताको हत्या गरिएको छ । शुक्रबार (हिजो) राति मोटलसाइकलमा सवार तीन जना बदमासहरुले गोली प्रहार गरी बीजेपी नेता डीके गुप्ताको हत्या गरेका हुन् । 

नेता गुप्तले आफ्नो पसल बन्द गरेर निस्किएको समयमा उनीहरुले गोली हानी हत्या गरेका हुन् । उनीहरुलाई पुलिस अधिकारीहरुले तीब्र रुपमा खोजी गरिरहेको बताइएको छ । जानकारी अनुसार बीजेपी मण्डलका उपाध्यक्ष गुप्तामाथि बदमासहरुले घेरेर गोली बर्साएका थिए । 

यस घटना लगत्तै आज विहानैदेखि व्यापारीहरुले सडक जाम गरेका छन् । फिरोजाबादको बरिष्ठ पुलिस अधिक्षक सिचंद्र पटेलले शुक्रबार राति बीजेपी नेता डीके गुप्ताको मोटरसाइकलमा सवार तीन जना अज्ञात ब्यक्तिले गोली प्रहार गरी हत्या गरेका बताएका छन् । 

उनका अनुसार परिवारले गुप्तलाई आगरा लैजाने प्रयास गरे पनि बचाउन सकेनन् । परिवारले केही शंकाष्पद ब्यक्तिहरुको नाम लिएका छन् । उक्त घटनाको अनुसन्धान गरेर अपराधीहरुलाई चाँडैनै नियन्त्रणमा लिइने फिरोजाबादको बरिष्ठ पुलिस अधिक्षक पटेलले जनाए ।