स्वास्थ्य

कोरोना भाइरस संक्रमणको उपचारमा रेम्डेसिभिर बेअसर : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणको उपचारमा रेम्डेसिभिर बेअसर : डब्ल्यूएचओ

एजेन्सी, १ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग मिलेर इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना भाइरसको उपचारका लागि प्रयोगमा आउन लागेको चार औषधिहरुमा अनुसन्धान गरिरहेको छ । यस रिसर्चमा रेम्डेसिभिरले कोरोनाको विरामीहरुका लागि कुनै पनि काम नगरेको पाइएको छ । 

यस ट्रायलमा रेम्डेसिभिरको अलवा इन्टरफोरेन, लापिनावीर र हाइड्रोक्सीक्लोरोक्वीन सामेल छन् । सुरुवाती नतिजामा रेम्डेसिभिरले कुनै पनि विरामीहरु (लक्षण बिनाको कोरोना संक्रमित, गम्भीर प्रकृतिका संक्रमित तथा ज्वरो आएका विरामी)को उपचारमा काम नगरेको पाइएको हो ।

यस अध्ययन विश्वको कयौं देशमा रहेको कोरोना स्पतालहरुमा भर्ती भएका ११ हजार कोरोना संक्रमितहरुमा गरिएको थियो ।

३० देशको ५०० वटा अस्पतालमा भर्ती भएका विरामीहरुमा अध्ययन

यस अध्ययनमा बाँकी तीन औषधिहरु इन्टरफोरेन, लापिनावीर र हाइड्रोक्सीक्लोरोक्वीनले पनि कुनै असर नगरेको पाइएको छ । यस अगाडि आईसीएमआरले एक अध्ययनमार्फत् पत्ता लगाएको थियो कि प्लाज्मा थेरापीले पनि कोरोनाको उपचारमा कुनै विशेष मद्दत पाइरहेको छैन ।

रेम्डेसिभिरको यस कारण चर्चा भइरहेको छ कि यसलाई बनाउने कम्पनी गिलियड साइन्सले एक अध्ययनमा रेम्डेसिभिर लिने संक्रमितहरु तीब्र रुपमा निको भइरहेका दाबी गरेको थियो ।

रेम्डेसिभिरलाई इबोला भाइरसको उपचारका लागि उपकरणको रुपमा प्रयोगमा ल्याइएको थियो । मे १ मा अमेरिकाको एफडीएले कोरोना संक्रमितहरुको लागि यस औषधिलाई इमजेन्सी प्रयोगका लागि इजाजत दिएको थियो । 

त्यसपछि यस औषधिलाई कयौं देशमा प्रयोगमा ल्याइएको छ । भारत र नेपालका संक्रमितमा पनि रेम्डेसिभिर प्रयोग भइरहेको छ ।