अन्तर्राष्ट्रिय

कोलकाताको एक आवासीय भवनमा आगलागी हुँदा २ को मृत्यु, उद्दार कार्य जारी

कोलकाताको एक आवासीय भवनमा आगलागी हुँदा २ को मृत्यु, उद्दार कार्य जारी

एजेन्सी, १ कात्तिक । छिमेकी राष्ट्र भारतको कोलकाताको गणेशचनद्र एभेन्यूको एक आवासीय भवनमा आगलागी हुँदा २ को मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त आगलागीमा परी १२ वर्षीय बालकसहित दुईको मृत्यु भएको हो । 

यता कोलकाता पुलिस अधिकारीले उक्त भवनमा फसेका मानिसहरुको उद्दार कार्य भइरहेको जनाएको छ । पुलिस अधिकारीका अनुसार घटना स्थलमा आगलागी नियन्त्रणका लागि १० वटा धमकल पुगिसकेका छन् । 

उक्त दमकलहरु भवनभित्र फसेकाहरु र आगलागी नियन्त्रणका लागि प्रयोग भइरहेका छन् ।