अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ७३ हजार नाघ्यो, ११ लाख ९ हजार बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ७३ हजार नाघ्यो, ११ लाख ९ हजार बढीको मृत्यु

काठमाडौं, १ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको कुलसंख्या ३ करोड ९५ लाख ७३ हजार ०४३ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार शनिबार (आज) विहानसम्ममा कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड ९५ लाख ७३ हजार ०४३ पुगेको हो ।

त्यस्तै, कोरोना संक्रमणकै कारण हालसम्म विश्वमा ११ लाख ०९ हजार ०७० को मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । यसैबीच २ करोड ९६ लाख ५३ हजार ४३४ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

हाल विश्वमा ८८ लाख १० हजार ५३९ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये ३ करोड ०७ लाख ६२ हजार ५०४ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । 

कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । जसमध्ये २ लाख २३ हजार ६४४ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५३ लाख ९५ हजार ४०१ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ । जसमध्ये पनि १ लाख १३ हजार ०३२ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ६५ लाख २१ हजार ६३४ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ५२ लाख ०१ हजार ५७० पुगेको छ । जसमध्ये १ लाख ५३ हजार २२९ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४६ लाख १९ हजार ५६० संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

विश्वको चौथो बढी कोरोना संक्रमित देश रसिया हो, जहाँ संक्रमितहरुको कुल संख्या १३ लाख ६९ हजार ३१३ पुगेको छ । यसैबीच २३ हजार ७२३ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १० लाख ५६ हजार ५८२ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ, भने ७१५ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ८८ हजार ०४० जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।