राजनीति

नेता खनाल निको भई घर फिर्ता

नेता खनाल निको भई घर फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।  

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।