आर्थिक

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य, चाँदी स्थिर

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य, चाँदी स्थिर

काठमाडौं: नेपाली बजारमा आज 'शुक्रबार' सुनकाे मूल्य फेरि बडेकाे छ । आज सुनको भाउ ताेलामा ४ सय रूपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाल सुन हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । तेजावी सुनकाे मूल्य हिजाे ताेलाकाे ४ हजार रुपैयाँ कायम गरिएकाे थियाे । 

आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।