मनोरञ्जन

प्रभाष र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

प्रभाष र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

काठमाडौं, ३० असोज । बाहुबलीफेम प्रभाषको आगामी फिल्ममा अमिताभ बच्चन पनि देखिने भएका छन् । ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार नाग अश्विनको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा साउथका सुपरस्टार प्रभाष र दीपिका पादुकोणको साथमा अमिताभ बच्चन पनि देखिने भएका हुन् ।

ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै भनेका छन्, ‘अमिताभ–प्रभाष–दीपिका... ह्यासट्याग दिएर प्रभाष २१ मा (अहिलेसम्म शीर्षक दिइएको छैन), अमिताभ बच्चन पनि हुनेछन् ।’

यस अनटाइटल्ड फिल्मलाई नाग अश्विनले एक्शन–कट गर्नेछन् भने जियान्थी मुभिजले निर्माण गर्ने भएको छ । यस फिल्मलाई २०२२ मा धेरै भाषा (हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायलम) मा रिलिज गरिने भएको छ ।

तरणले ट्वीट गर्दै भिडियो पनि सेयर गरेका छन्, भिडियोमा भनिएको छ, ‘लिजेन्ड बिना हामीले करी एक लिजेन्डरी फिल्म बनाउन कोसिस गर्न सक्छौं । नाग आश्विनको फिल्ममा अमिताभ बच्चन पनि देखिनेछन् ।’

यता सुपरस्टार प्रभाषले पनि भिडियो सेयर गर्दै लेखेका छन्, ‘फाइनल्ली सपना साकार हुदैछन् । लिजेन्डरी अमिताभ बच्चनको साथमा स्क्रिन स्पेस गर्न गइरहेको छु ।’

अमिताभ बच्चनको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनको साथमा कयौं प्रोजेक्टहरु छन् । अयान मुखर्जीको सुपरनेचुरल थ्रिलर फिल्ममा पनि उनी देखिदैछन् । यो फिल्ममा उनको साथमा रणवीर कपूर र आलिया भट्ट पनि देखिदैछन् । 

यसका साथै उनले नागराज मञ्जुलेको फिल्म झुण्डमा पनि काम गरिरहेका छन् ।