अन्तर्राष्ट्रिय

अपडेट : विश्वमा संक्रमितको संख्या ३ करोड ९१ लाख ५२ हजार नाघ्यो, ११ लाख २ हजार बढीको मृत्यु

अपडेट : विश्वमा संक्रमितको संख्या ३ करोड ९१ लाख ५२ हजार नाघ्यो, ११ लाख २ हजार बढीको मृत्यु

काठमाडौं, २९ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको कुलसंख्या ३ करोड ९१ लाख ५२ हजार २३७ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार शुक्रबार (आज) विहानसम्ममा कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड ९१ लाख ५२ हजार २३७ पुगेको हो ।

त्यस्तै, कोरोना संक्रमणकै कारण हालसम्म विश्वमा ११ लाख ०२ हजार ४२५ को मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । यसैबीच २ करोड ९३ लाख ७० हजार ४९२ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

हाल विश्वमा ८६ लाख ७९ हजार ३२० वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये ३ करोड ०४ लाख ७२ हजार ९१७ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । 

कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ८२ लाख १६ हजार २१८ पुगेको छ । जसमध्ये २ लाख २२ हजार ७१७ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५३ लाख २० हजार ०२८ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ७३ लाख ६५ हजार ५०९ पुगेको छ । जसमध्ये पनि १ लाख १२ हजार १४६ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ६४ लाख ४८ हजार ६५८ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ५१ लाख ७० हजार ९९६ पुगेको छ । जसमध्ये १ लाख ५२ हजार ५१३ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४५ लाख ९९ हजार ४४६ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

विश्वको चौथो बढी कोरोना संक्रमित देश रसिया हो, जहाँ संक्रमितहरुको कुल संख्या १३ लाख ५४ हजार १६३ पुगेको छ । यसैबीच २३ हजार ४९१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १० लाख ४८ हजार ०९७ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ, भने ६९४ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ८४ हजार ५१८ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।