आर्थिक

दुई दिनमै प्रतिताेला ११ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

दुई दिनमै प्रतिताेला ११ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

काठमाडाैं: बुधबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुनके मूल्य प्रतिताेला ६ सयले घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज तेजावी सुनकाे मूल्य पनि घटेर तोलाकाे ९३ हजार रुपैयाँ कायम भएकाे छ । मंगलबार तोलामा १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १  हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।