मनोरञ्जन

रोकिएको पृथ्वीराजको फेरि सुटिङ थाले अक्षयले

रोकिएको पृथ्वीराजको फेरि सुटिङ थाले अक्षयले

एजेन्सी । बलिउड स्टार अक्षय कुमार फिल्म सुटिङका लागि मुम्बई प्रस्थान गरेका छन् ।

उनी चन्द्र प्रकाश द्विवेदीको निर्देशनमा बनेको फिल्म 'पृथ्वीराज'को सुटिङका लागि मुम्बई पुगेका हुन् । यस फिल्मका लागि भव्य सेट तयार गरिएको छ जसमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै फिल्मको युनिट सुटिङ गर्न लागिपरेका छन् ।

कोरोना भाइरसको महामारी फैलिनु अघि नै यस फिल्मको ठूला भागहरुको सुटिङ सकिएको छ । अब बाँकी भागहरुको सुटिङ पूरा गर्नका लागि यशराज फिल्मले स्टुडियो कम्प्लेक्सभित्र एक भव्य सेट तयार गरेको छ ।

यस सेटमा अक्षयले शनिबारबाट सुटिङ सुरु गरेका हुन् भने उनीसँगै अर्का स्टार सोनु सुदले पनि सुटिङ थालेका छन् । यस्तै सन् २०१७ की मिस वल्र्ड मानुषी छिल्लर यो फिल्ममा संयोगिताको भूमिकामा देखा पर्दैछिन् ।