स्वास्थ्य

आइपिएलः टस जितेर बैंगलोरले दिल्लीविरुद्ध फिल्डिङ रोज्यो

आइपिएलः टस जितेर बैंगलोरले दिल्लीविरुद्ध फिल्डिङ रोज्यो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् ।

केही बेरपछि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने भिडन्तमा बैंगलोरले टस जितेर फिल्डिङ रोजेको छ ।

४ खेल खेलेको दिल्लीले ३ खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेल खेलेको बैंगलोरको पनि ३ खेलमा जितसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।