प्रिमियर लिगः आफ्नै मैदानमा लेस्टर वेष्टहामसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी आफ्नै घरेलु मैदानमा वेष्टहाम युनाइटेडसँग पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा लेस्टर वेष्टहामसँग ३-० गोलले पराजित भएको हो ।
वेष्टहामको जितमा खेलको १४ औं मिनेटमा मिसेल एन्टोनियो, ३४ औं मिनेटमा पाब्लो फर्नाल्स र ८३ औं मिनेटमा जारोड बोयनले गोल गरे ।
पराजित लेस्टरको ४ खेलबाट ९ अंक रहँदा तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै जित निकालेको वेष्टहामको समान खेलबाट ६ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।