प्रविधि

एनसेलले ल्यायो चाडपर्व अफरः जति धेरै कुराकानी त्यति धेरै उपहार जित्ने मौका

एनसेलले ल्यायो चाडपर्व अफरः जति धेरै कुराकानी त्यति धेरै उपहार जित्ने मौका

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्ने भएका छन् । यसका साथै ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरु हात पार्न सक्नेछन् । 

एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ ।

जसअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । 

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन्। यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागु भई आठ हप्ता अर्थात् मंसिर १३ सम्म कायम रहनेछ । 

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य प्राप्त गर्नेछन् ।

तोकिएको निश्चित मिनेटको भ्वाइस कल गरेपछि ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् । 

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारको रुपमा २ जना ग्राहकले सामसुङ ग्यालेक्सी नोट २० प्राप्त गर्नेछन् । 

एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार चाडपर्वको सुरुवातसँगै यो वर्षको सबैभन्दा रमाइलो समयको आगमन भएको र यो वर्ष कोरोना महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकोले चाडपर्व अझ विशेष हुनेछ जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रही रहनु अझ महत्वपूर्ण हुन्छ । यही कारणले गर्दा हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रहीरहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएको हो ।