विराटनगरमा थप एक संक्रमित बृद्धको मृत्यु

विराटनगरमा थप एक संक्रमित बृद्धको मृत्यु

विराटनगर, १४ असोज । कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्र विराटनगरमा थप एक संक्रमितको मृत्यु भएको छ । बुधबार (आज) बिहान मोरङको जहदा गाँउपालिका ६ का ६३ वर्षीय संक्रमित बृद्धकोे उपचारको क्रममा मृत्यु भएको हो ।

यही असोज ४ गते कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । उनलाई सासफेर्ने समस्या भएपछि अस्पताल भर्ना गरिको थियो ।

उनी रोग सुगर र उच्च रक्तचाप बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको र रेम्डिसिभिर औषधि पनि चलाइएको बताइएको छ ।

शवको व्यवस्थापन मोरङको थलाहास्थित नेपाली सेनाको सूर्यदल गणले गर्ने बताइएको छ ।