हैदराबादको आईपीएलमा पहिलो जित, दिल्ली १५ रनले पराजित

हैदराबादको आईपीएलमा पहिलो जित, दिल्ली १५ रनले पराजित

एजेन्सी, १४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ११ औं खेलमा सनराइजर्स हैदराबादले जीतको खाता खोलेको छ । मंगलबार राति अबुधाबी भएको खेलमा सनराइजर्स हैदरबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । 

सनराइजर्स हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित ओभरमा १४७/७ रन मात्रै बनाउन सक्यो । सनराइजर्स हैदराबादले दुई पटकको लगातार हारपछि पहिलो पटक जीतको स्वाद चाखेको हो । 

तर, दिल्ली क्यापिटल्सको भने दुई पटकको लगातारको जीतपछि पहिलो पटक हार व्यहोरेको हो । सनराइजर्सको जीतको लागि राशिद खानले ४ ओभरमा १४ रन दिएर ३ विकेट चड्काए । भुवनेश्वरले ४ ओभरमा २५ रन दिएर २ विकेट निकाले । त्यस्तै, खलील अहमद र  टी नटराजनले एक/एएउक सफलता आर्जित गरे ।

त्यस्तै, दिल्लीका लागि ऋषभ पन्तले २७  बलमा एक चौका र २ छक्काको साथमा २८ रन बनाए । त्यस्तै, शिखर धवनले ३१ बलमा ३४, शिमरोन हेटमेयरले १२ बलमा २१ रन बनाए ।