कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ३८ लाख ३२ हजार नाघ्यो, २५,१३८,३९४ द्वारा स्वास्थ्यलाभ

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ३८ लाख ३२ हजार नाघ्यो, २५,१३८,३९४ द्वारा स्वास्थ्यलाभ

काठमाडौं, १४ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको कुलसंख्या ३ करोड, ३८ लाख ३२ हजार ७११ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार आइतबार (आज) विहानसम्ममा कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड, ३८ लाख ३२ हजार ७११ पुगेको हो ।

त्यस्तै, कोरोना संक्रमणकै कारण हालसम्म विश्वमा १० लाख ११ हजार ९८१ को मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । यसैबीच २ करोड ५१ लाख ३८ हजार ३९४ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

हाल विश्वमा ७६ लाख ८२ हजार ३३६ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये २ करोड ६१ लाख ५० हजार ३७५ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । 

कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ७४ लाख ६ हजार १४६ पुगेको छ । जसमध्ये २ लाख १० हजार ७८५ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४६ लाख ४८ हजार ४२८ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । जसमध्ये पनि ९७ हजार ५२९ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ५१ लाख ८४ हजार ६३४ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ । जसमध्ये १ लाख ४३ हजार १० संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४१ लाख ३५ हजार ८८ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

विशवकै चौथो बढी कोरोना संक्तमित देश रसिया हो, जहाँ संक्रमितहरुको कुल संख्या ११ लाख ६७ हजार ८०५ पुगेको छ । यसैबीच २० हजार ५४५ संक्रमितहरुको मृत्यु भइसकेका छन्, भने ९ लाख ५२ हजार ३९९ संक्रमितहरु उपचार पनि डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ७६ हजार २५८ पुगेको छ, भने ४९१ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५५ हजार ३७१ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।