यस कारण विहानको समयमा लामो श्वास लिनुपर्छ...

यस कारण विहानको समयमा लामो श्वास लिनुपर्छ...

काठमाडौं, १४ असोज । सास फेर्नु एउटा नियमित प्रक्रिया हो । राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्दा स्वास्थ्यलाई फाइदा पु¥याउँछ ।

श्वासप्रश्वास व्यायायमका केही फाइदाहरु यस्ता छन् :

– गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ । ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

– गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ । 

– अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

– श्वासप्रश्वासबाट मानिसको शरीरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्काशन गरिदिन्छ ।