यस्तो रहेको छ बुधबारको तपाईको भाग्य, असोज १४ गते

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य, असोज १४ गते

आज २०७७ साल असोज १४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी, ४८ घडी ३८ पला, बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त पूर्णिमा । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको शिकार होइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । 
 
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नुनै पर्नेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथिसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाजिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुदा आर्थिक अवस्था खस्कनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिस्पर्धीहरु हाबी हुँनेछन् । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवासायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसाय फस्टाएरु जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पा

मीन( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेकोछ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ ।