रुसले कोरोनाविरुद्धको खोपका २ करोड ५० लाख डोज नेपाल पठाउने

रुसले कोरोनाविरुद्धको खोपका २ करोड ५० लाख डोज नेपाल पठाउने

काठमाडाैं, १३  असाेज । रुसले उत्पादन गरेको २ करोड ५० लाख डोज काेराेना भ्याक्सिन अब नेपाल आउने भएको छ । रुसको सार्वभौम सम्पत्ति कोषले मंगलबार ट्रिनिटी ​​फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको हाे । 

सहमित अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप 'स्पुतनिक-भी' उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।

कोषले ट्रिनिटीमार्फत छिमेकी मुलुक भारतमा १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ ।  रुसले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन अहिले परीक्षणकै क्रममा रहेकाले उसले यस क्षेत्रमा क्लिनिकल ट्रायलको अपेक्षासमेत गरेको रोयटर्सले जनाएको छ ।